अन्तरबैंक फुटसलको उपाधी ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोलीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाएका थिए । प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोली सहभागी रहेको बताइएको छ ।

अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ । प्रतियोगितामको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो ।

jutta mela

ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका हुन् भने महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधी ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारिन् ।

साथै, आफ्नो सबै खेलमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोलरक्षक केशमाया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पार्न सफल भइन् । ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगितामा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ ।

अन्तर बैंक फुटसल २०८० मा महिलातर्फको उपाधी पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको बिजेता उपाधीसंगै ग्लोबल आइएमई बैंकको महिलातर्फको बिजेता उपाधी लगातार दोस्रो पटक हो ।

You might also like

Comments are closed.