महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । दसैं, तिहार चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात् गर्दै बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।

ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालन गरिएको छ । डिजिटल बैंकिङ सेवाको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रुपमा उपलब्ध सेवामा थप विस्तार गरिएको हो ।

यस अन्तर्गत ग्राहकले सामान्य बैंकिङ एप भन्दा ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत विभिन्न सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरु पाउनेछन् । रियल टाइममा नै ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा दिनेछ । यस्तो सुबिधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ ।

jutta mela

अनलाइनमार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने, आफुले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने, ग्रााहक स्वयम्ले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने र एप्लिकेसनमार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा रहेको छ ।

यस एपको सुरुवात सँगै ग्राामीण तथा अर्ध¬सहरी क्षेत्रमा बैंकिङ सेवाको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सो मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ । यसबारे विस्तृत जानकारी ग्राहकहरूले मोबाइल नम्बर ९८४७३८७५२४ मार्फत सजिलै प्राप्त गर्न सकिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

You might also like

Comments are closed.