शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समिक्षासहित शाखा सञ्चालन तथा व्यवस्थापन तालिम कात्तिक ६ र ७ गते आयोजना गरेको हो । मधेश प्रदेश अन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत तथा शाखा प्रमुखलाई चितवनको होटल प्याराडाईज सौराहामा तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमलबहादुर खत्रीले सहभागीलाई शाखा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जानकारी दिएका हुन् ।

साथै बजेट समीक्षा अन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरेको संस्थाले जनाएको छ ।

 

You might also like

Comments are closed.