कामना सेवा विकास बैंकलाई साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३” बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित हुने भएको हो ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुसासनका लागि अवार्ड प्रदान गर्ने भएको बैंकले जनाएको छ । बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालालाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरिएको थियो ।

साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्वोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो । जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघारवटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन् ।

साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनको मुल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आइरहेको छ ।बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालवाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३” मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड समेत प्राप्त गर्न सफल थियो ।

 

You might also like

Comments are closed.