लगानी तथा जनचेततानामूलक तालिम सम्पन्न

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम सम्पन्न गरेको छ ।

धनुषामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीका लागि तालिम आयोजना गरिएको हो । करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारी लगायत सहभागीता रहेको तालिमको सहजिकरण प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका हुन् ।

तालिममा पूजीं बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनुपर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका सम्बन्धमा जानकारी दिइएको छ ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.