डा. महावीर पुन नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ ।

२०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ ।

बैंकको प्रधान कार्यालय काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र डा. महाविर पुनका बीच ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंक छनौट गरेकोमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.