व्यापार समिक्षा बैठक सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय व्यापार समिक्षा बैठक सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको छ ।

प्रमुख अतिथि कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताएका छन् । प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपाली नागरिक बीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिइएको मार्गदर्शनलाई शिरोधार्य गर्दै जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाउँदै जाने नेशनल सेल्स हेड उमापति पोखरेल बताउँछन् ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सबै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

You might also like

Comments are closed.