लगानीकर्ता शिक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अवसर पारेर सिद्धार्थ होटल वाटर टावर नुवाकोटमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रम गरेको छ ।

प्रमुख अतिथि नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी रहेका हुन् । नुवाकोट जिल्ला सुरक्षा समितिका सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधि, १ सय भन्दा बढी स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।

एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँगै नेपालमा शेयर बजारको वर्तमान अवस्था, यसका चुनौति र सम्स्याबाट जोगिने उपाय, नेपाली शेयर बजारका विभिन्न पक्षको सम्बन्धमा सहजिकरण गरेका हुन् ।

कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको छ । कार्यक्रम सञ्चालन गिरिराज पोखरेलले गरेका हुन् ।

विश्व लगानीकर्ता सप्ताह, २०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवद्र्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो ।

You might also like

Comments are closed.