काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेर अत्यन्तै मर्मस्पर्शी एवम् सन्देशमुलक भिडियो सामग्री सार्वजनिक गरेको छ ।
प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भएपनि ज्ञान होस् र हाम्रो मौलिकता युगौंयुगसम्म पनि जिवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको हो ।
तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जिवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडबाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
समय, अवस्था र परिस्थिति जस्तोसुकै भएपनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जिवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोध समेत गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तिहार हाम्रो मौलिक पर्व रहेको र यसको सम्वद्र्धन तथा जगेर्ना गर्ने जिम्मेवारी पनि यसै पिढीमाथि रहेको हुँदा मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गरेका छन् ।
Comments are closed.