पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको नयाँ संचालकमा याम बहादुर सुर्खाली चयन भएका छन् ।
अधिकृत पूँजी १.०८ अर्व, साधारण जगेडा कोष २४ करोड तथा कर्जा रु. ८.१३ अर्व कायम रहेको यस वित्तीय संस्थाको यसअघिको संचालक समितिमा राजकुमार गुरुङ अध्यक्ष तथा प्रतिक गुरुङ, तिल बहादुर गुरुङ, गंगा घले र अच्युत पौडेल सञ्चालक समिति सदस्य रहेका थिए ।
विगत २८ वर्षदेखि कास्की, चितवन, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, रुपन्देही, बाँके, नवलपरासी, काठमाडौं एवं ललितपुरमा कुल २५ शाखा सञ्जाल मार्फत् मुलुकमा वित्तीय सेवा प्रदान गर्दै आईरहेको पोखरा फाइनान्स लिमिटेड हाल नविनतम व्यवस्थापन र योजनाका साथ अघि बढेको छ ।
मुलुकमा कायम आर्थिक शिथिलताबाट प्रभावित आफ्ना ऋणी ग्राहकहरुको लागि यस संस्थाले हालै कर्जा चुक्ता एवं नियमित गरेमा हर्जाना तथा व्याज रकममा समयावधि अनुसार क्रमशः १० देखि ३० प्रतिशत सम्म छुटको व्यवस्था गरेको पनि का.मु. कार्यकारी प्रमुख राजु मोहन भट्टराईले जानकारी दिए् ।
Comments are closed.