पोखरा । पोखरा फाइनान्स लिमिटेडले २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको केन्द्रीय कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतीक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालको २८औं वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गरिरहेको बताए ।
साथै संस्थागत सामाजिक उत्तरदायित्वको काममा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको उनको भनाइ छ ।
Comments are closed.