नारायणी डेभलपमेन्ट बैंकद्वारा संस्थापक शेयर खरिद सम्बन्धी सूचना जारी

भरतपुर । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूलाई आवश्यक जानकारी गराउँदै सार्वजनिक सूचना जारी गरेको छ ।

बैंकका अनुसार केही संस्थापक शेयरधनीहरूले आफ्ना नाममा रहेका ११,१७१ कित्ता संस्थापक शेयर बिक्री गर्न आवेदन दिएका छन् । बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनी व्यवस्थाअनुसार उक्त शेयर बिक्री प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।

सोही अनुसार बैंकले इच्छुक संस्थापक शेयरधनीहरूलाई तोकिएको मितिदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको छ । इच्छुक शेयरधनीहरूले भरतपुर महानगरपालिका–१०, चितवनस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो नाम, शेयर संख्या र आवश्यक प्रमाणसहित निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन नदिए प्रचलित नियमअनुसार अन्य व्यक्तिहरूलाई बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.