काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर तथा ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् ।







Comments are closed.