कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, बैठकले हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा पनि वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.