कामना सेवाको १९औं वार्षिकोत्सवमा विविध कार्यक्रम, नयाँ निक्षेप योजना सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक र वित्तीय कार्यक्रमसहित मनाएको छ । बैंकले बिहीबार देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गर्दै वार्षिकोत्सव मनाएको हो । बैंकका अनुसार केन्द्रीय कार्यालयसहित सबै क्षत्रीय कार्यालयमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले गरेका थिए । त्यस्तै, केन्द्रीय कार्यालयमा भएको रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड शाखा, बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता र बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

यसै अवसरमा बैंकले अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटसल कप (पाँचौं संस्करण) समेत आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका छन् । वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।

You might also like

Comments are closed.