एनआईसी एशिया बैंकको लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक आधुनिक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएको सम्पत्तिसम्बन्धी आवश्यक सबै जानकारी एकै स्थानमा उपलब्ध हुने बैंकले जनाएको छ ।

ग्राहकहरूले बैंकले प्रकाशित गरेको लिलाम बिक्रीसम्बन्धी सूचना भित्र रहेको क्यूआर कोड स्क्यान गरेर सो पोर्टलमा प्रवेश गर्न सक्नेछन् । पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत सो सम्पत्तिको लोकेशन सहजै पहिचान गर्न सकिने व्यवस्था गरिएको छ ।

यसबाहेक, कुनै पनि सम्पत्तिको बारेमा थप जानकारी चाहिने ग्राहकले त्यही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी बैंकलाई प्रत्यक्ष सन्देश पठाउन सक्ने सुविधा पनि बैंकले उपलब्ध गराएको छ ।

बैंकले अनलाइन पोर्टलमा समय–समयमा बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति, धितो सुरक्षणमा रहेको तथा लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूसम्बन्धी अन्य सूचनाहरू पनि नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

एनआईसी एशिया बैंकका अनुसार यो पोर्टलमार्फत ग्राहकहरूले बिक्रीमा राखिएका सम्पत्तिको विस्तृत विवरण सजिलै प्राप्त गरी आवश्यक निर्णय गर्न सक्ने भएकाले यसको व्यापक लाभ पुग्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.