मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई मोटरसाइकल हस्तान्तरण

काठमाडौं । समकालीन समयमा सार्वजनिक सुरक्षासँग सम्बन्धित चुनौती बढ्दै गएपछि, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

महाराजगञ्जस्थित प्रहरी वृतमा आयोजित कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले कार्यालय प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । बैंकले उपलब्ध गराएको यो सहयोगले संवेदनशील क्षेत्रहरूको निगरानी, समयमै सूचना संकलन तथा शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई थप प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व हो, र नागरिक सुरक्षामा अग्रपंक्तिमा रहने नेपाल प्रहरीलाई उपकरण तथा स्रोतसाधन सहयोग गर्नु संस्थाको सामाजिक दायित्वकै हिस्सा हो । मोटरसाइकल प्रदान गरिएको यस पहलले प्रहरीको दैनन्दिन कार्यसम्पादनमा सहजता ल्याउने र शुसासन प्रवर्द्धनमा योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.