काठमाडौं । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी (PIO) र प्रमुख गुनासो अधिकारी (CGO) पदमा नयाँ नियुक्ति गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई प्रमुख सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत एवं कम्पनी सचिव कमल खड्कालाई प्रमुख गुनासो अधिकारीमा नियुक्त गरिएको बैंकले जनाएको छ। दुवै नियुक्ति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेछन् ।
प्रमुख सूचना अधिकारीका रूपमा नियुक्त जयन्द्र रावलसँग बैंकका सूचना, सूचना अधिकारसम्बन्धी कार्य तथा आधिकारिक जानकारी उपलब्ध गराउने जिम्मेवारी रहनेछ । बैंकका सेवासम्बन्धी आधिकारिक जानकारी प्राप्त गर्नका लागि रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ तथा बैंकको कार्यालय नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने व्यवस्था छ ।
यस्तै, ग्राहकले बैंकिङ्ग सेवासम्बन्धी कुनै पनि गुनासो तथा सुझाव राख्न प्रमुख गुनासो अधिकारी कमल खड्कालाई मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालय नम्बर ०१–५९७०१०१ मार्फत सम्पर्क गर्न सक्नेछन् । साथै, गुनासो दर्ता तथा सम्बोधनका लागि बैंकले आधिकारिक इमेलमार्फत पनि सेवा उपलब्ध गराएको जनाएको छ ।
बैंकले यी नियुक्तिबाट सेवा व्यवस्थापन, सूचना प्रवाह तथा गुनासो समाधान प्रणाली अझ प्रभावकारी र छरितो बन्ने विश्वास व्यक्त गरेको छ ।




Comments are closed.