काठमाडौं । एन आई सी एशिया बैंकले शून्य प्रिमियम सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ ग्राहक-मैत्री, पारदर्शी तथा आकर्षक बैंकिङ सेवाहरू विस्तार गर्ने क्रममा बैंकले यो योजना ल्याएको हो ।
बैंकका अनुसार व्यक्तिगत लगानीकर्ताले यस योजनामा अधिकतम रु. २५ करोडसम्म र संस्थागत लगानीकर्ताले अधिकतम रु. ५० करोडसम्म सेयर धितो कर्जा लिन सक्ने व्यवस्था गरिएको छ । ग्राहकका आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर अघि सारिएको यो योजनामा प्रतिस्पर्धी ब्याजदर, लचिलो भुक्तानी प्रणाली, छिटो सेवा प्रवाह तथा पारदर्शी प्रक्रिया प्रमुख आकर्षण रहेका छन् ।
कर्जा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले बैंकले ‘कर्जा सहायता केन्द्र’ संचालनमा ल्याएको छ, जहाँ ग्राहकका कर्जा सम्बन्धी सुझाव, गुनासा तथा जिज्ञासाको एकै स्थानबाट समाधान हुने व्यवस्था छ । बैंकले सेयर बजारलाई अर्थतन्त्रको एक महत्वपूर्ण पिलरका रूपमा चिन्दै लगानीकर्ताका लागि सहज, छिटो र सुरक्षित कर्जा पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित यो योजना सुरु गरेको जनाएको छ।



Comments are closed.