माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छे« बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित जोयालुक्कास एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो ।

रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ«्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पछि अब यूएईमा रहेका नेपालीहरुले यूएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबिएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे« बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबिएल रेमिट गरि पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैंकले मिलाएको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

You might also like

Comments are closed.