‘नमागी दिँदैनन्, नदिई पाइदैन’

सर्मिला सुवेदी, पुल्चोक, ललितपुर । कुनै दिन मसँग पैसा नहुँदा अरुसँग पैसा माग्थेँ । पैसा हुँदा दिन्थे । पैसा नहुँदा पैसा माग्ने बानी प्रखर भएर पैसा सकिसक्दा पनि पैसा तिर्नुपर्छ भन्ने बानी हराएर गएपछि म प्रखर माग्ने भएँ । तिर्नुपर्छ, दिनुपर्छ भन्ने भाव नै हरायो । मैले पाइन मलाई दिएनन्, अरु दोषी भए । आफू चाहि पाउँदा खुशी, नपाउँदा दुःखी भएँ । खास माग्ने म भएँ ।

यो प्रवृत्तिगत समस्या आम मानिसमा छ । यो समस्या आम मानिसको हो । यसमा दुईटा पक्ष छ । एउटा माग्नेलाई दिने मानिसमुखी समस्या, खासमा यो समस्या बाधक या साधक के हो ? भनेर चर्चा गर्न खोजिएको होइन् । खास चाही दानी हुँदा माग्ने मानिसमा आउने वैचारिक प्रवृत्तिको यस्तो लज्जाबोध मानसिकताको अवस्था आउने रहेछ, जसले गर्दा माग्ने मानिसमा लज्जावोधको कुनै सीमा नै हुँदो रहेनछ । जस्तो नेताज्युहरुमा देख्छौं नि माग्दा माग्दा माग्दै लाज नमान्ने । अवस्था त उही हो । नमागी दिँदैनन् नदिई पाइदैन । दिए पाउँछ । मागे पाउँछ । अनि नमागी भो त ? माग्छ, मागेको माग्यै गर्छ । माग्नु, माग्नु, बसँ माग्नु । दिनु, दिनु बसँ दिनु ।

यो समस्याको मानसिकतामा फसेर माग्नेको जीवनले आर्थिक सवलीकरणको दिशा त के भेटायाउन सक्थ्यो, दिनेको समेत दुर्दशा हुन्छ । व्यक्तिलाई स्वतःस्फूर्त रचनाशील बनाउन दिने र लिने प्रवृत्ति दुवैलाई निरुत्साहित पार्न दिनेमुखी मानिसरुपी मन नदिने मुखी हुनुभन्दा पनि सिर्जनशील तवरले प्रेरणामुखी हुनु चाहीँ असल होला ।

jutta mela

खासमा यो प्रसँग दिनेमुखी र लिनेमुखी बीचको दोहोरो अन्तरसम्वादमा प्रगतिशील विचार राख्दैन । दिनेले दिइराख्ने र लिनेले चाँहि दिनु नै नपर्ने गणितलाई परेको प्रभाव र मनोवैज्ञानिक रुपमा पारेको प्रभाव आँकलन गर्दा हुने मानवीय समस्याको निराकरण गर्न समाज असफल रहेको तथ्य हात पर्छ । दिएर घाटा पर्छ ?

दिएर अवश्य घाटा पर्छ, यदि तपाईंले पाउनु भएन भने । दिनेले पनि पाउनु पर्यो नि । अनि पो आर्थिक गणितलाई सवल हुन जान्छ । दिएर माग्ने सवल हुँदैन । नदिई दानीहरुको मनलाई हुँदैन । त्यसैले दिने र लिनेवालाको सहमती छ । वास्तविकमा मलाई खसखस चाँहि के कुरामा भएको हो भन्दा, माग्ने त माग्ने नै हुनुभयो नि । हुन त धनी मानिसहरु नि माग्ने हुनु भएको छ । मागेरै भए पनि धेरै मानिस धनीमानी भएका छन् । साँच्चै माग्नु असल दिनचर्या हो । त्यसै भगवान् शिवजीले कमण्डलु लिनुभएको होइन रहेछ । अस्तु । जय शम्भु !

You might also like

Comments are closed.