बिफु नेपालद्वारा मौद्रिक नीति २०८२र८३ सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालले मौद्रिक नीति २०८२ र ८३ विषयक नलेज शेयरिङ्ग कार्यक्रम काठमाडौंमा आयोजना गरेको छ । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल स्रोत व्यक्तिका रूपमा सहभागी हुँदै मौद्रिक नीतिको उद्देश्य, कार्यदिशा, प्राथमिकता, मुद्रास्फीति नियन्त्रण, मुद्रा आपूर्ति, विदेशी मुद्रा व्यवस्थापन, कर्जाको गुणस्तर सुधार र बैंक तथा वित्तीय संस्थाको भूमिकाबारे विश्लेषणात्मक प्रस्तुति दिएका थिए । साथै, उनले सहभागीहरूको जिज्ञासाको समेत समाधान गरे ।

विफु नेपालका अध्यक्ष धर्मप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पेसागत महासंघ नेपालका इन्चार्ज रामेश्वर फुँयाल प्रमुख अतिथि रहेका थिए । उपाध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले स्वागत मन्तव्य र उपमहासचिव पुरुषोत्तम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष भोलाप्रसाद पोखरेल, विफुका इन्चार्ज कमलप्रसाद पराजुलीसहित १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.

Secret Link