बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको साधारणसभा सम्पन्न

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराको २४औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले महेन्द्र पुल क्षेत्रमा देखिएको पार्किङ समस्यालाई आफुले बुझेको बताउँदै यसलाई समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् ।

साथै अहिले गण्डकी प्रदेश सरकारले अत्यादिक कर वृद्धि गरेको भन्ने समाचारहरुतर्फ आफ्नो ध्यानर्कषण भएको बताउदै मन्त्री खड्काले यसमा आफ्नो मन्त्रालयको कुनै भूमिका नरहेको पनि बताए ।

कार्यक्रमका विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले अहिले व्यवसायीहरुमा कर वृद्धि, बैंकहरुको व्याज वृद्धिलगायत थुप्रै समस्याहरु रहेको बताउदै त्यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको बताए । साथै पोखरेलले यहि अवस्था रहिरहने हो भने व्यापार, व्यवसाय सुरक्षित राख्न निकै मुश्किल पर्ने बताए ।

jutta mela

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशबवहादुर खत्रीले ब्यवसायीहरुको हकहितका लागि आफु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए । उनले बुद्ध विशाल बजारभित्र व्यापार व्यवसाय प्रवर्द्धन गर्न के के गर्नुपर्छ ति कुराहरु गर्न आफु कटिवद्ध रहेको बताए । साथै उनले व्यवसायीहरुले आफुप्रति देखाएको माया र सद्भावको कारण आगमी हुन गइरहेको पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन लागेको बताउदै सम्पुर्ण व्यवसायीको साथ र सयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनलाई आफ्नो जिवनको अन्तिमा समयसम्म पनि साथ र सयोग रहने बताए । कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी समितिका अध्यक्ष राजु पौडेल, कस्मेटीक व्यवसायी समितिका अध्यक्ष प्रेम सुवेदी, बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार ध्रुव रेग्मीलगायतले बोलेका थिए ।

कार्यक्रममा पुराना व्यवसायीहरु तर्फ बुद्धि कुँवर, गुलाम सरवर, पार्वती वस्ताकोटी र राकेश गुरुङलाई सम्मान गरीएको थियो भने बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको छात्रवृत्ति कोषमा सहयोग गर्ने व्यवसायी र एसईई तथा प्लस टु र विशिष्ट उपाधि प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीहरुलाई विशेष सम्मान गरिएको थियो ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको साधारणसभामा महासचिव बुद्धि कुँवर तथा सचिव राजु केसीले कार्यक्रमको सञ्चालन थिए । कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ईन्द्रराज अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.