बससेवामार्फत टिकट काट्दा तीन जनाले पाए सुनको असर्फी

 

काठमाडौं । अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

अनलाइनमार्फत टिकट बुकिङ गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् । यसैगरि २० जना यात्रुले क्यूएफएक्स् मुभि टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् ।

jutta mela

उपहार विजेताहरु बुधवार गोलाप्रथामार्फत चयन भएका थिए । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत गरिएको थियो । बससेवाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको थियो ।

अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित् विभिन्न अफर सार्बजनिक गर्दै लैजाने जनाएको छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो ।

बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसनसमेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।

You might also like

Comments are closed.