बिवाईडी नेपालको ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य नियुक्त

 

काठमाडौं । नेपालका लागि बिवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रा.लि ले आफ्नो ब्राण्डलाई प्रतिनिधित्व गर्न कलाकार हरिवंश आचार्यसँग हातेमालो गरेको छ ।

नेपालमा विद्युतीय् गतिशीलता प्रवर्द्धन गर्न दुवै पक्षबीच जेठ ७ गते बिवाईडी डिलर मिट २०७९ को अवसर पारी सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
उक्त अवसरमा कलाकार आचार्यले भने, “हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्टरूपमा चित्रण गरेको छ । विश्वव्यापीरूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका छन् । सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु ।”

jutta mela

जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र आम जनतामा यसबारे थप चेतना जगाउनका लागि आचार्यले प्रमुख भूमिका निर्वाह गर्ने छन् । आफ्नो बहुमुखी अभिनयका लागि परिचित कलाकार आचार्यले आफ्ना सम्पूर्ण कामहरुमार्फत दर्शकहरुलाई अर्थपूर्ण सन्देश र नवीन विचारहरू प्रस्तुत गर्न सफल भएका छन् ।

धेरै सामाजिक परियोजनाहरूमा काम गरी परिवर्तन निर्माताका रुपमा समेत हरिवंश आचार्य परिचित छन् । उनले आजसम्म गरेका काम र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविष्कारहरू सिर्जना गर्ने विवाईडीको भिजन मिल्दोजुल्दो रहेको छ ।

ब्रान्ड एम्बेसेडरद्वारा गरिने प्रचार–प्रसारले देशभर अवस्थित नेपालीहरुमा विद्युतीय गतिशीलता र यसका फाइदाहरूका बारेमा चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकहरूको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पुर्‍याउनेछ ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको यस वर्तमान परिदृश्यमा इन्धनको संकट, जलवायु र वातावरणीय समस्याहरूको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनहरुको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्नु हो । कम्पनीको ब्राण्ड एम्बेसडर चार्यको साथसँगै निकट भविष्यमा नेपाललाई विद्युतीय बनाउन विद्युत क्रान्ति गर्ने लक्ष्य बिवाईडीले राखेको छ ।

You might also like

Comments are closed.