इ-सेवाको “बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक

 

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ-सेवाले “बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक गरेको छ ।
इ-सेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको हो । यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इ-सेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरु मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् ।

त्यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् । यसैगरि योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

jutta mela

यो योजना नेपालमा संचालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इ-सेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।

इ-सेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इ-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इ-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, विजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इ-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ-सेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

You might also like

Comments are closed.