इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा

काठमाडौं । इभी नेपाल मोटर्सले काठमाडौंको नक्सालमा नयाँ शोरुम संचालनमा ल्याएको छ । इभी नेपाल मोटर्सले बिहीबार एक कार्यक्रमबीच उक्त शोरुमको उद्घाटन गरेको हो ।

विगत लामो समयदेखि 2 whelers बिक्री वितरण गदै आएको इभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरुको अपार माया र सन्तुष्टि पछि  4 wheelers बाट अत्याधिक सेवा सुविधा दिने उद्देश्यले उक्त शोरुम संचालनमा ल्याएको  हो ।

इभी  नेपाल  मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल Wuling Motors अन्तर्गत PT SGMW Motor Indonesia को लागि उक्त शोरुम संचालनमा ल्याएकाे हाे । यसका साथै इभीले इन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जी मोटर्सको पनि लगानी रहेको Wuling Air Ev Car लन्च गरेको छ । उक्त इलेक्ट्रक गाडी विभिन्न मोडेल र रंगहरुमा उपल्ब्ध रहेका छन् ।

jutta mela

२ सय र३ सय किमी माइल्ज रहेको, ४ घण्टा ब्याट्री चार्जिङ क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्री हुने wuling EV TESLA पछि दोस्रो नम्बरमा यसको विक्री भइरहेको छ ।

अब नेपालभरी नै इभी नेपाल मोटर्सले डीलर संजाल बढाएर यसकाे विक्री वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राइभिङमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक आरमदायी र भरपर्दाे रहेको कम्पनीले जनाएको छ ।

नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इभी नेपाल मोटर्स ग्राकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्नसालमा रहेको उक्त शोरुम बिहान ९ : ३० बजेदेखि बेलुका ६ : ३० बजेसम्म खुल्ला रहने कम्पनीले जनाएकाे छ।

You might also like

Comments are closed.