‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सम्पन्न

ललितपुर । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो, २०२४ पाटन दरबार परिसरमा आयोजित भव्य समारोह बीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्स्पोमा साँस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु राखिएका थिए । ती स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिइन् ।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ आयोजित कार्यत्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार भएको उनले बताइन् । ‘यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरुको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढाउन योगदान पुगेको हामीले महसुस गरेका छौं,’ उनले भनिन् ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस एक्स्पोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । एक्स्पोको समापन समारोहमा ¥याम्प वाल्कको प्रस्तुति राखिएको थियो । र्याम्प वाल्क हेर्नका लागि स्वदेशी तथा विदेशी हजारौं पर्यटक पाटन दरबार क्षेत्रमा उपस्थित भएको ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो

You might also like

Comments are closed.