जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेलामा अवलोकनकर्ताको आकर्षण

 

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला जारी छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेबाट जारी मेला अन्तिम चरणमा पुगेको छ । मेला जेठ ९ गतेसम्म मात्रै सञ्चालन हुने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।

मेला अन्तिम चरणमा पुगेसँगै अवलोकनकर्ताको आकर्षण बढेको उनले बताए । मेला अब केही दिन मात्रै रहेकाले सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न मेलामा आउन एसोसिएसनले सर्वसाधरणलाई आग्रह गरेको छ ।

एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गरिरहेका छन्,’ एसोसिएसनका उपाध्यक्ष रुद्र न्यापानेले भने ।

१० देखि ५० प्रतिशतसम्म छुट प्रदान भएकाले धेरै ग्राहक प्रत्यक्ष लाभान्वित भएको उनले बताए । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको र अपेक्षा अनुसार मेला सफल भइरहेको एसोसिएसनले जनाएको छ ।

You might also like

Comments are closed.