गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । भारतीय चेम्बर अफ कमर्सद्धारा दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ र अवार्ड कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित भएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित सो प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्ने सो अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको सहभागीता रहेको थियो । सो अवसरमा आयोजित ‘मूल्य श्रृंखला विषयक प्यानल छलफल र ड्राइभिङ दक्षता’ कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय विकास बैंकर्स संघ, नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए ।

सो कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा राखेका छन् । प्यानल छलफल कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जनप्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रही वक्ताहरुले आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।

सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहेको बताइएको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.

Secret Link