प्रमुख कार्यकारी अधिकृत ढकालको सेवा पूरा, उपाध्याय प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललाई विदाई गरिएको छ ।

यस बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल गत चैत मसान्तमा समाप्त भएसंगै उनलाई विदाई गरिएको हो ।

बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पदमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । नवनियुक्त उपाध्यायलाई पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम भएको छ । शनिवार काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी ढकाललाई विदाई र उपाध्यायलाई पद तथा गोपनियताको सपथ गराइएको छ ।

jutta mela

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसंगै बैंकको चैत १४ गते सम्पन्न सञ्चालक समितिको ३०४ औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सधैँ उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिलाई धन्यवाद दिएका छन् ।

बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारी, पुर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंक काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.