गरिमा विकास बैंक र टानबीच सम्झौता, टानका सदस्यलाई व्यवसायमा सहजीकरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सम्झौता भएको छ ।

सदस्य संस्थालाई बैंकको विभिन्न प्रकारका कर्जामा सहुलियत सहितको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार टानका सदस्यलाई बैंकले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत व्याजदरका साथ उपलब्ध गराउनेछ । साथै रु ५ लाख सम्मको बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउने सम्झौता गरिएको छ ।

jutta mela

यस सेवाले टानका सदस्यलाई व्यापार व्यावसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यले आफुलाई पायक पर्ने यस बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सकिनेछ ।

यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठन संग काठमाडौंमा यस्तै सम्झौता गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.