ग्लोबल आइएमई बैंकको नयाँवर्ष २०८१ को भित्तेपात्रो सार्जजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँवर्षको पूर्वसन्ध्यामा २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

बैंकले राष्ट्रिय सङ्ग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँवर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक गरेको हो ।

ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय कमलादीमा आयोजना गरिएको एक कार्यक्रमका बीच नयाँ सालको भित्तेपात्रो सार्वजनिक गरेका छन् ।

अध्यक्ष ढकालले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । बिगतका वर्षमा भित्तेपात्रोमा नेपाली कला र संस्कृति सम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै नेपालको सर्वाङ्गिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

नयाँवर्षको अध्यक्ष ढकालले अवसरमा ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवम् प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएका सबैमा शुभकामना समेत व्यक्त गरेका छन् । कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कर्मचारी तथा विभिन्न व्यक्तिको सहभागीता रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवाकेन्द्र रहेका छन् । बैंकलाई सबैका लागि बैंक बनाउँदै यस बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link