इशान अस्पतालले ग्लोबल आइएमई बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले इशान बाल तथा महिला अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा बैंक र अस्पताल बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरी समेत सहभागी थिए । अस्पतालले बैंकका डेबिट तथा क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म, शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाका साथै आकस्मिक सेवामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

यस साझेदारी पश्चात् बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तारका लागि यस बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको अस्पतालका निर्देशक प्रोे.डा. चौधरी बताउँछन् । चौधरीले यस पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । बैंकका प्रमुख बजार अधिकृत पोखरेलले अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास बैंकले लिएको बताए । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समय सान्दर्भिक साझेदारी योजनाहरु ल्याइरहेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ को नारालाई सार्थक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link