होण्डा सिटीको ५औं जेनरेशन नेपाली बजारमा, कारमा एलेक्सा भ्वाइस सर्भिस

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले होण्डा सिटीको ५औं जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । होण्डा सिटीको सोमबार एक कार्यक्रमबीच मिस युनिभर्स नेपाल २०२० अन्सिका शर्मा, स्याकार ट्रेडिङका अध्यक्ष पद्म ज्योती, निर्देशक सौरभ ज्योती लगायतले बिक्री शुभारम्भ गरे ।

होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको कम्पनीले जनाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेसनको लम्बाई र चौडाई अघिल्लो जेनरेशन भन्दा बढी छ ।

होण्डा सोलिड विइङ फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड् एलइडी डिआरएल, एल आकार एल.इ.डी. टर्न इन्डिकेटर, जेड आकार थ्रिडी ¥याप एराउण्ड यूनिफर्म एलइडी साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

jutta mela

होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाइस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ कि.मि. प्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त हुने कम्पनीले जनाएको छ ।

यस सेग्मेन्टमा लेन वाच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा सहज पार्किङ गर्न सक्नेछन् । ‘आइ–एसआरएस युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो,’ उक्त अवसरमा बोल्दै ज्योतीले भने । यहि माघ ५ गते धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा भिएक्स सिभिटी र जेडएक्स सिभिटी लन्च गरिएको छ । नेपाली बजारमा होण्डा सिटी भिएक्स सिभिटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ र होण्डा सिटी जेडएक्स सिभिटीको मूल्य ६९ लाख ९० हजार तोकिएको छ ।

कार्यक्रमका केही झलकहरुः

You might also like

Comments are closed.