होटेल दा फ्लेमिंगोले ल्यायो ‘फल इन लभ’ प्याकेज

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवलमा संचालित होटेल दा फ्लेमिंगोले नयाँ प्याकेज ल्याएको छ । होटेलले आफ्ना ग्राहकहरुका लागि आकर्षक तथा आरामदायिक होस् भन्नका लागि ‘फल इन लभ’ (FALL IN LOVE) प्याकेज ल्याएको हो ।

उक्त प्याकेजअन्तर्गत ग्राहकहरुले सिंगल प्याकेज ५ हजार ९ सय ९९ र डबल प्याकेज ७ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । उक्त प्याकेजमा बेड र ब्रेकफास्ट, स्पाको सुविधाका साथै निःशुल्क स्विमिङ पुलको पनि आनन्द लिन सकिने होटेलका सञ्चालक दिलीप गौचनले बताए ।

बुटवलको योगीकुटीमा रहेको होटल दा फ्लेमिंगो थ्रिस्टार होटेल हो । होटेलले फाइभ स्टार स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । स्पामा पनि फाइभ स्टार स्तरको सेवा प्रदान भइरहेको गौचनले बताए । होटेल बुटवल क्षेत्रका स्थानीयदेखि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको गौचनले बताए ।

jutta mela

होटेलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५२ वटा रुम छन् । होटेलमा ४ सय जना क्षमताको बैंक्युट हल छ भने, २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताका छन् । होटेलमा स्विमिङ पुल, जिमलगायतको सेवा उपलब्ध छ भने, पर्याप्त पार्किङको सुविधा पनि छ ।

You might also like

Comments are closed.