लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा ल्यायो हुन्डाई ग्राण्ड आई टेन नियोस (मूल्य र बिशेषता सहित)

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोस सार्वजनिक गरेको छ । गाडीलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो। अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस प्बKappa Dual VTVT Technology   मा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ ps/६००० rpm सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले 5–speed म्यानुअल र स्मार्ट अटो AMT दुबै किसिमको transmission मा उपलब्ध छ ।

jutta mela

हुन्डाई ग्राण्ड आई टेन नियोसमा Glossy Black Radiator Grille, Boomerang आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ inch alloy व्हील्स पाउन सकिन्छ। सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो। एप्पल कारप्ले, एन्ड्रोइड अटो र  best-in-segment टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ । सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा Strong Body Structure 65% (AHSS+HSS), Front Dual Airbags, सेन्सर भएको Rear Parking Camera, , इबिडी का साथ Anti-lock Braking System, र Driver Rear View Monitor प्रस्तुत गरेको छ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य रु ३० लाख ९६ हजार रहेको छ ।

You might also like

Comments are closed.