गौतम होटल बर्दिबासमा कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई छुट

काठमाडौं । मिथिलाको धनुषामा रहेको गौतम होटल बर्दिबासले कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई छुट दिने भएको छ ।

बैंक र गौतम होटल बर्दिबास प्रालीसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबै व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

jutta mela

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.