कामना सेवा विकास बैंकको सहयोगमा स्वास्थ्य प्रयोगशाला निर्माण

काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निर्माण गरेको प्रयोगशाला शुक्रवार विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।

शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेमनारायण अर्याल रहेका हुन् ।

उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान रहेको बताए । उनले विश्वविद्यालय स्थापना देखि नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएतापनी हाल शिक्षण अस्पतालले एक सय शैयाको सञ्चालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए ।

jutta mela

एक सय शैयाको अनुमती प्राप्त गर्नको लागि स्वास्थ्य प्रयोगशाला अनिवार्य आवश्यक रहेकाले प्रयोगशाला निर्माण गरी सहयोग गरिदिएकोमा बैंक परिवारलाई उपकुलपती अर्यालले धन्यवाद व्यक्त गरेका छन् ।

बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् । विश्वविद्यालयका रजिष्ट्रार भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रममा विश्वविद्यालयलाई पु¥याएको योगदानको कदर गरे ।

बैंकका सञ्चालक बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसंग जोडिन पाएकोमा खुशी व्यक्त गरेका छन् । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले धन्यवाद दिए । उनले आगामी दिनमा विश्वविद्यालयसंग साझेदारी गर्दै अन्य कार्यक्रममा साझेदारी गर्ने समेत बताएका छन् । कार्यक्रममा विभिन्न सङ्कायका डिन, निर्देशक तथा बैंकका पदाधिकारी लगायत सहभागी थिए ।

सोही कार्यक्रमका अवसरमा कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालय बीच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपकबहादुर भण्डारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्ने बताइएको छ ।

हाल पोखरा विश्वविद्यालयले देशैभरका विभिन्न ५८ वटा क्याम्पसलाई सम्वन्धन प्रदान गरी सो क्याम्पस तथा विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट विभिन्न २६ वटा कार्यक्रममा अध्यापन गराउँदै आएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.