गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले गण्डकी मेडिकल कलेज पोखरामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

शनिबार मेडिकल कलेजका विद्यार्थी तथा डाक्टरलाई लक्षित गरी गरिएको कार्यक्रममा करिव दुुई सयले सहभागीता जनाएको बताइएको छ । वित्तीय साक्षरतासंगै डाक्टर, विद्यार्थी र बैंकका कर्मचारीको संयुक्त हाइकिङ्ग कार्यक्रम समेत भएको छ ।

पोखराको ड्यामसाईदेखि विश्वशान्ती स्तुपासम्म गरिएको हाइकिङ्ग कार्यक्रममा बैंकका उच्च व्यवस्थापकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरले सहभागीता जनाएका छन् ।

 

jutta mela

मेडिकल कलेज र बैंक बीच सेवा छुट सम्बन्धी सम्झौता

गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंक बीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकले सेवा उपभोग गर्दा १५ प्रतिशतसम्म छुट, बैंकको मोबाइल बैंकिङ सेवा तथा कार्डबाट भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सकिने सम्झौता पत्रमा जनाइएको छ ।

छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.