कामना सेवा विकास बैंकको ग्राहक लक्षित भाग्यशाली योजना

काठमाडौं । कामना सेवा विकास बैंक र एफवानसफ्ट इन्टरनेशनल प्रा.लि.(F1Soft International Pvt. Ltd. ) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा दर्ता गरी कुनैपनि रकमको टप–अप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकले रु ५० को टप–अप जित्न सक्ने बैंकले जनाएको छ । यो अफर नयाँ ग्राहकलाई मात्र मान्य हुनेछ ।

त्यसैगरी, ग्राहकले न्यूनतम रु १०० को टप–अपमा वा कुनैपनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत इयरबडहरु जित्न सकिने र यो अफर नयाँ तथा पुराना ग्राहक दुबैलाई मान्य हुनेछ ।

यसैगरी कारोवार गर्ने ग्राहकमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सकिनेछ । यो योजना जेठ मसान्तभर लागु हुने बताइएको छ । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.