बुटवलका उद्योगी, व्यवसायीबीच डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंक बुटवलले उद्योगी, व्यापारीबीच डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२४, को अवसरमा बैंकले बुटवलमा रहेका उद्योगी, व्यावसायीलाई लक्षित गरी गरेको कार्यक्रममा करिव १५० जनाको सहभागी रहेको जनाइएको छ ।

बैंकका सञ्चालक भिमप्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रुपन्देही प्रहरी प्रमुख रञ्जीत सिंह राठोर रहेका हुन् ।

लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधी सहभागी कार्यक्रमको सहजिकरण बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले गरेका हुन् ।

अहिलेको युग डिजिटल युग भएको हुदा वर्तमान समयमा अनेक अवसर भएतापनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने गरेकाले अनलाइन ठगी र डिजिटल बैंकिङ चुनौतीका सम्बन्धमा सचेत गराइएको छ ।

व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले डिजिटल वित्तीय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकाले बैंकलाई धन्यवाद दिदै आगामी दिनमा सहकार्य गरे अघि बढ्ने बताए । कार्यक्रमको सञ्चालन बैंकका बुटवल क्षेत्र प्रमुख खीमलाल भुसालले गरेका हुन् ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक को–अपरेशन एण्ड डेप्लभमेण्टको संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्रमार्फत सेवाहरु प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link