लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठको सपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालकमा नियुक्त जयदेव श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

गत फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणी भट्टराइले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन सङ्कायमा स्नातक, एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायको अधिकृत देखि सह–सचिव सम्मको उच्च पदमा रहेर ३७ बर्ष भन्दा बढी सेवा गरेका छन् ।

jutta mela

ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका छन् । उनको कार्यकालमा बैंकले गर्ने कार्यमा नयाँ कार्य थपिने विश्वास लिइएको छ । सपथ ग्रहण पश्चात बैंकका सञ्चालक समिति तथा व्यवस्थापन पक्षले उनलाई स्वागत गरेका छन् ।

देशका ७ प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको यस बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवम् नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम व्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.