काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका ७ प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले ७ प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कार्यक्रम गरेको हो ।
विभिन्न विद्यालयमा अध्ययनरत करिव एक हजार विद्यार्थीलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ बैंकले गर्ने कार्यहरु बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ लगायतका विषयमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
सोही अवसरमा बैंकका शाखा कार्यालयबाट वित्तीय जानकारीमुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको बैंकले जनाएको छ ।
“Protect your money, secure your future” भन्ने नाराका साथ यो वर्ष विश्व वित्तीय सप्ताह २०२४ अन्तर्गत मार्च १८ देखि २४ सम्म युवा, विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमबाट बैंकिङ प्रणाली सुदृढ हुनुका साथै युवा, विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवम् नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम व्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।






Comments are closed.