इलेक्ट्रिक स्कुटर ‘लेभइङ’ नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रिक स्कुटर ‘लेभइङ’ नेपाली बजारमा भित्रिएको छ । जम्बो इको भेइकलले यो स्कुटरलाई नेपाल भित्र्याएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित केटिएम हस्पिटलको नजिकै स्कुटरको शोरुम छ । आइतबार एक कार्यक्रमबीच नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले शोरुमको उद्घाटनसँगै नयाँ स्कुटर सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष दुलालले इलेक्ट्रिक सवारी साधनलाई सबैले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘वातावरण प्रदुषण कम गर्न र विद्युत खपत बढाउन पनि इलेक्ट्रिक गाडीको प्रयोग बढाउनुपर्छ,’ उनले भने ।

jutta mela

भेइकलले लेभइङ ब्राण्डका एक्स१ र एक्स५ तथा जम्बो ब्राण्डका डि०६ र एम २० मोडलका स्कुटर भित्र्याएको हो । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्नसक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याउन आफूहरु सफल भएको जम्बो इको भेइकलका निर्देशक राजन पोखरेलले बताए ।

पावर, पर्फमेन्स, फिचर्स र मूल्यका कारण यी स्कुटर नेपाली बजारमा लोकप्रिय हुने सञ्चालक नारायण गौतमले विश्वास व्यक्त गरे । ‘यसमा प्रयोग भएका पार्टसहरु संसरकै उत्कृष्ट कम्पनीको रहेको उनले बताए । ‘ग्राहकले गुणस्तरमा चिन्ता लिनु पर्दैन,’ उनले भने ।

एक्स १ मोडलमा २०२० र एस ५ मोडलमा ३ हजार वाटका बोस्च मोटरजडान गरिएको छ । जम्बो ब्राण्डको डि०६ मा २ हजार र एम २०मा १ हजार ५ सय वाटका मोटर जडान गरिएको छ । बोस्च कम्पनीको यो मोटरमा कन्भर्जन इफिसियन्सी र लङ लाइफ वर्किङ क्यापासिटी तथा आइ स्लोप एविलिटी हुने गौतमले बताए ।

स्कुटरमा लिथियम आयन पोलिमर इ सेभेन सेरिजको संसारकै सबैभन्दा पछिल्लो टेक्नोलिोजिको ३ घण्टामा फुल चार्ज गर्न सकिने सामसुङ ब्याट्री जडान गरिएको छ । डुअल ब्याट्री अप्सन रहेकाले १६० किमीसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ ।

वातावरण अनुसार उज्यालो दिने लिड हेडलाइट, रियर एण्ड फन्ट डिस्क ब्रेक, आइपि६५ वाटर प्रुफिङ, व्लुतुथ, किलेस इन्ट्री, सर्च मोड, सेन्सर, कन्ट्रोल्ड सिस्टम, फेलियर इन्डिकेसन सिस्टम लगायतका अत्याधुनिक बिशेषता छन् ।

एक्सआई स्कुटरको मूल्य २ लाख ६० हजार, एक्स५ को २ लाख ९९ हजार ९ सय ९९ सय, डि०६को २ लाख ३५ हजार, र एम२०को १ लाख ८५ हजार रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा विस्तार गरेको छ । देशभर नेटवर्क विस्तार गर्ने तयारी कम्पनीको छ । बिक्री पछिको सेवाका लागि स्मार्ट होम एप्लिकेसनबाट ग्राहकलाई १ घण्टा भित्र सेवा उपलब्ध हुने कम्पनीले बताएको छ ।

You might also like

Comments are closed.