उद्धारकर्ता तामाङलाई महालक्ष्मी विकास बैंकले रु १ लाखसहित गर्यो सम्मान

काठमाडौं । ललितपुर महानगरपालिका १३ स्थित नख्खु खोलामा आएको बाढीले बगाएका २ जना नागरिकलाई सकुशल उद्धार गरेका चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।

गत असोज १२ गते नख्खु खोलाले बाढीले बगाउँदै गरेको अवस्थामा जोखिममा बाबजुद उद्धार गरी नयाँ जीवन दिलाएका काभ्रेको तेमाल गाउँपालिका ९ घर भएका ३३ वर्षीय तामाङलाई रु १ लाख नगदले सम्मान गरिएको बैंकले जनाएको छ ।

jutta mela

आइतवार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तामाङलाई उनको साहस र अठोटको कदर गर्दै सम्मान गरिएको हो । उनले बाढी बगाउँदै गरेको अवस्थामा राजु शाह, उनको परिवारको सदस्यको उद्धार गरी नयाँ जीवन दिएका छन् ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । साथै बैंकले देशैभरी आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।


“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहक रहेका छन् ।

You might also like

Comments are closed.