महालक्ष्मी विकास बैंकद्वारा “नेपाल दसैं अभियान २०२४” का विजेता घोषणा

महालक्ष्मी विकास बैंकले डिजिटल बैकिङको प्रवद्र्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्यले सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेता घोषणा गरेको छ ।

दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो । विजेतहरु क्रमश : नारायण कार्की र सन्तोष ध्वज कार्की छन्  ।

यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको  वा श्रीलंका  मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल हुनुभएका प्रयोगकर्तालाई आभार तथा बधाई ज्ञापन गरेको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.