काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला सशक्तिकरण उद्यमी योजना ल्याएको छ ।
बैंकले आलय प्रा.लि. र रायन इनर्जी प्रा.लि. को सहकार्यमा महिला उद्यमीको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता तथा महिलालाई अवसर सिर्जना गर्न महिला सशक्तिकरणको लागि महत्वपूर्ण मानिएको छ ।
बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीलाई विद्युत्तीय सवारी साधन खरिदको लागि वित्तीय सहयोग प्रदान, आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रा. लि. ले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युत्तीय सवारी साधन आपुर्ति गर्ने र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान बैंकले जनाएको छ ।
यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहनेछ । सम्झौताले महिलालाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीयमैत्री यातायातको अवलम्वन गर्ने प्रमुख लक्ष्य लिएको छ ।
बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेको बैंकले जनाएको छ । गत पुुस २८ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।






Comments are closed.