नेपाल प्रहरी प्रभाग बलम्बुलाई क्यामेरा हस्तान्तरण गर्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी प्रभाग बलम्बुलाई सिसिटिभी क्यामेरा र गो प्रो क्यामेरा सहयोग गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ थान सिसिटिभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तान्तरण गरिएको छ ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन बैंकले सो सामग्री सहयोग गरेको हो । यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने, सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभित्र रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था बैंकले गरेको छ ।

मोबाइल बैकिङ, क्युआर, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.

Secret Link