मुुक्तिनाथ विकास बैंकको धादिङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम गरेको हो ।

जिल्लाको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलालाई र थाक्रे गाँउपालिका १० स्थित ठूलोपोखरीका स्थानीयलाई वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी दिइएको छ । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइकनपनि घरबाटै उपयोग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

 

 

lcci
You might also like

Comments are closed.